जेष्ठ १७, चैतारा ।
सिन्धुपाल्चोकमा कोरोना संक्रमणका कारण आज मात्रै थप २ जनाको मृत्यु भएको छ।
चौतारा साँगाचोकगढी नगरपालिकाका १ पुरुष र मेलम्ची नगरपालिकाका १ पुरुषको कोरोनाका कारण आज मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
चौतारा सांगाचोकगढी नगरपालिका वडा नं १ का ८५ बर्षीय पुरुष र मेलम्ची नगरपालिका वडा नं ८ केउरेनि बस्ने बर्ष ६५ को पुरुषको मृत्यु भएको हो ।
१५÷२० दिन अघिदेखि चौतारा अस्पतालको आईसोलेसनमा बसेका चौतारा १ का ८५ बर्षीय पुरुष हिजो मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए। तर आज दिउसो मृत्यु भएको हो ।
यस्तै मेलम्चीका पुरुषको कोरोना पोजेटिभको कारण आज बिहान आफ्नै घरमा मृत्यु भएको हो ।
यो सँगै जिल्लामा कोरोनाका कारण मर्नेको संख्या २२ पुगेकोस्वास्थ्य कार्यालयले जनाएको छ ।