दुर्गा श्रेष्ठ, जेष्ठ १८, जुगल ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सचिव तथा युवा व्यवसायी ईश्वर गुभाजुले जुगल बासीको लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
जुुगल गाँउपालिका वडा न.४ स्थायी ठेगाना भएका युवा व्यवसायी गुभाजुले जुगल बासिको लागि ३० हजार मास्क सहयोग गरका हुन् ।
बिश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट गाउँगाउँ बढी फैलिएकोले जुगल बासीलाई जोगाउने मुख्य उद्देश्य लिएर स्वस्थ्य सामाग्री सहयोग गरेको व्यवसायी गुभाजुले बताए ।
‘देशभर स्वास्थ्य पूर्वाधार अभावको स्थिति छ, सीमित स्रोत, साधन र जनशक्तिका बाबजुद पालिकाबासीको जीवन रक्षाका लागि जस्तोसुकै चुनौतीको सामना गर्न आफू तयार रहेको समेत उनले बताए ।
सो मास्क गुवाजुले मंगलबार जुगल गाउँपालिका वाइसियल कमिटीका अध्यक्ष फुल काजी स्याङ्बोलाई हस्तान्तरण गरेका हुन् ।
सो मास्क जुगल गाउँपालिका ३ गुम्बामा ६,००० , जुगल–२ गोल्चेमा ५,८०० जुगल–४ पाङताङमा ३,५००, जुगल–५ बराम्चीमा ३,५००, जुगल–१ सेलाङमा २,६०० जुगल –७ याङलाकोटमा ३,६०० र जुगल–६ हगाम २,६०० बितरण गरिने अध्यक्ष स्याङ्बोले बताए ।
मास्क हस्तान्तरण कार्यक्रममा जनजाति महासंघ को केन्द्रिय सदस्य जरा लामा, माओवादी केन्द्रको पालिका कमिटी अध्यक्ष पदम बहादुर श्रेष्ठ आक्रोस, कमिटि सचिव तुलनाथ घिमिरे, वडा अध्यक्ष प्रताप लामा विद्यार्थी नेता रञ्जित आचार्य, समाजसेबी चिन लाल श्रेष्ठ, पालिका वडा कमिटी अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।