दुर्गा श्रेष्ठ, बराम्ची, जेष्ठ १८ ।
कोभिडमा राहत सामाजिक क्षेत्रको साथ परोपकारी मनले बढौ सहयोगि हात भन्ने नाराको साथ दयाको हातहरु नेपाल र टियर फण्ड नेपालले आइसोलेशन केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
नेपालमा नयाँ भेरियन्ट फैलिन नदिन संस्थाले अक्सिजन कनसन्ट्रेटर हस्तानतरण गरेको हो ।
जुगल गाउँपालिका वडा नं ५ का समाजसेबी सोम छिरिङ तामाङको विशेष पहलमा उक्त संस्थाका प्रोग्राम म्यानेजर लोक बहादुर चौधरी र यडमिन फाइनान्स म्यानेजर अरुण देवन राईले मंगलबार बलेफी र जुगल गाउँपालिकाको संयुक्त आइसोलेशन जुगल ५ चनौटेमा ३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हुन् ।
संस्थाले मंगलबार जुगल गाउँपालिकाको उपाध्यक्ष सृजना तामाङलाई सो अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।
सामाग्री हस्तान्तरण गर्दै संस्थाका प्रोगाम म्यानेजर चौधरीले आगामी दिनहरुमा पनि संस्थाले पालिकालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।