देवराज सुवेदी, सिन्धुपाल्चोक ,२० जेठ ।
आफ्नै श्रीमति हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ धौलेका ४५ बर्षिय दुर्गा बहादुर तामाङले ४० बर्षिय श्रीमति राममाया तामाङको हिंगुवाको लाठिले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक टिकाराम राइले जानकारी दिए ।
बिहान हत्या गरेर फरार भएको र घरमा लडिरहेको छिमेकिले देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तामाङलाई प्रक्राउ गरि अनुसन्धान जारी रहेको जनाएको छ ।
लास पोष्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक टिकाराम राइले जानकारी दिए ।