जेष्ठ २०, चौतारा ।
सिन्धुपाल्चोकमा निषेधाज्ञाको समय पुन १० दिन थप गरिएको छ ।
जेष्ठ २१ गते सम्मको लागि रहेको निषेधाज्ञाको समय थप १० दिन थपिएको हो ।
यो सँगै सिन्धुपाल्चोकमा ३१ गते राति १२ बाजे सम्म निषेधाज्ञा जारी भएको हो ।
आज शुक्रबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले एक बिज्ञप्ति जारी गर्दै निशेधाज्ञा थप भएको बताएका हुन् ।
निषेधाज्ञा जारी भएको समय अबधिभर अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सबैमा अनुरोध समेत गरेको छ ।