बलेफी ।
बलेफी–काठमाडौँ समन्वय समिति (माओवादी केन्द्र)ले स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
सम्पर्क समिति बलेफी गाँउपालिका वडा नं. ८ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।
कोरोना संक्रमण दर दिनानुदिन बढिरहेको अबस्थामा सम्पर्क समितिले स्वास्थ्य सेवा केन्द्रलाई आइसोलेशन वेड, अक्सिजिन सिलिण्डर, मास्क, अक्सिजन रेगुलेटर, सेनिटाइजर सहितको बिभिन्न आबश्यक सामाग्री सहयोग गरेका हो ।
माओवादी केन्द्र बलेफि काठमाडौँ सम्पर्क समितिले संकलन गरेको उक्त स्वास्थ्य सामाग्री शनिबार माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला सह–इन्चार्ज माधब सापकोटा सुबोध र माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य सरल सहयात्री पौडेलले संयुक्त रुपमा बलेफि गाँउपालिकाकी उपाध्यक्ष कमला कायन्थलाई हस्तान्तरण गरेका हुन् ।
सामाग्री हस्तान्तरण गर्दै युवा नेता सापकोटाले माओवादी केन्द्र यस बिषम परिस्थितीमा जनताको सामुनै रहेका बिश्वास दिलाएका छन् ।
उनले भने, ‘यस बलेफी काठमाडौँ समन्वय समितिले निजि क्षेत्रबाट पैसा उठाएर गाँउको लागि गरेको सानो सहयोगले गाँउबासिमा आत्माबल बढेको छ, यी र यस्ता कार्यहरुले निरन्तरता पाउने बिश्वास लिएको छु ।’
यस्तै सामाग्री हस्तान्तरण गर्दै नेता सरल सहयात्री पौडेलले गाँउमा नै आधारभुत रुपमा कोरोना संक्रमितको उपचार कक्ष स्थापना गरेर बलेफि काठमाडौँ सम्पर्क समितिले निकै उत्कृष्ठ कार्य गरेको बताए ।
यसरी गाँउका सम्पुर्ण स्वास्थ्य संस्थामा आधारभुत रुपमा उपचार हुने व्यवस्था बनाउने हो कोरोना नियन्त्रण जटिल नरहेको समेत पौडेलले बताएका छन् ।
उक्त स्वास्थ्य सामाग्री बुझ्दै बलेफि गाँउपालिकाकी उपाध्यक्ष कमला कायन्थले यस बिषम परिस्थितिमा समितिले गरेको कार्य निकै नै उल्लेखनिय रेहेको बताइन् ।
कोरोना कहरको यो बिषम परिस्थितिमा माओवादी केन्द्र जिल्ला कमिटिले समेत सबै पालिकाका वडाहरुमा नै पुगेर स्वास्थ्य सामाग्री सहयोग गरिरहेको छ ।