जेष्ठ २९, इन्द्रावती ।
इन्द्रावती गाँउपालिका वडा न. ५ ऐसेलुखर्कमा रहेको मदर सिस्टर नेपाल बालगृहलाई लायन्स क्लबले खाध्यन्न सहयोग गरेको छ ।
लायन्स क्लब न्यू स्मार्ट सिटि र लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीन सिटिले संयुक्त रुपमा शुक्रबार बालगृहमा नै पुगेर बालबालिकाहरुको लागि खाद्यान्न सहयोग गरेको हो ।
क्लबले बालगृहलाई ६ बोरा चामल, १ बोरा दाल, ७ केजि नुन, १ बाक्सा तेल, १ बाक्सा अण्डा लगायतको अन्य खाद्यान्न सामाग्री सहयोग गरेको लायन्स न्यू स्मार्ट सिटिका प्रेसिडेन्ट संगिता शर्माले जानकारी दिइन् ।
सो खाद्यान्न हस्तान्तरण गर्दै लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटिका चार्टर प्रेसिडेन्ट इन्द्र बहादुर कार्कीले यो शुरुवाती भएको र बालगृहको लागि क्लबले सकेको सहयोगलाई निरन्तरता दिने बताएका छन् ।
क्लबले गरेको सहयोगको प्रशंगा गर्दै बालगृहकि फाउण्डर मिना थापाले यि र यस्ता सहयोगले बालबालिकाको सेवामा लाग्न झनै हौसला बढेको बताइन् ।
सो खाद्यान्न हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ न्यू स्मार्ट सिटिका प्रथम उपाध्यक्ष तथा सामाजिक रुपान्तरणका लागि नागरिक समाजका बरिष्ठ सल्लाहकार यम श्रेष्ठ, ग्रीनसिटिका कोषाध्यक्ष तथा पर्यटन व्यावसायि राज भट्ट लगायतको उपस्थिति रहेको थियो ।
उक्त क्लबमा बाहिरी जिल्लाका ३ जना सहित ३२ जना अभिभावक बिहिन बालबालिकाहरुले आश्रय लिइरहेका छन् ।
उक्त क्लबले यस अघि पनि जिल्लाको चौतारा साँगाचोकगढि नगरपालिका र नेपाल पत्रकार माहासंघ सिन्धुपाल्चोकलाई बिभिन्न स्वास्थ्य सामाग्री समेत सहयोग गरिसकेको छ।
क्लबले कोभिड-१९ को कारण लकडाउन सुरु भएदेखी काठमाडौ उपत्यकामा दैनिक ३५० देखि ४०० जना गरिब दिनदुखी सुत्केरी अपांगता भयकालाई निशुल्क भोजन सेवा संचालन समेत गरिरहेको छ ।