जेष्ठ १९, हेलम्बु ।
नेकपा माओवादी केन्द्र हेलम्बुले हेलम्बुका सबै वडाको लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
पार्टीका जिल्ला कमिटी सदस्य तथा हेलम्बु गाउँपालिका इन्चार्ज पेमा ह्योल्मोको नेतृत्वमा पालिका भित्रका सबै स्वास्थ संस्थाका लागि माक्स‚ अक्सिमिटर‚ पिपिई सेट, थर्मोगन, फेस शिल्ड, स्यानेटाइजर लगायतका स्वास्थ सामग्री आज गाउँपालिका स्वास्थ शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई हस्तान्तरण गरिएको नेता समीर गिरिले बताए ।
माओवादी केन्द्र हेलम्बुले कोरोना रोकथामका लागि इन्चार्ज पेमा ह्योल्मोको अध्यक्षतामा हेलम्बु कोभिड स्वास्थ इकाई गठन गरि पार्टीका नेता तथा कार्यकर्ताहरूको आर्थिक सहयोगमा स्वास्थ सामग्री खरिद गरेको थियो ।