जेष्ठ ३१,चौतारा ।
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
सभामुख सापकोटाले सोमबार गृहजिल्ला सिन्धुपाल्चोक आएर बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र र जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ केन्द्रको अवलोकन समेत गर्नुभएका सभामुख सापकोटाले स्वास्थ्य केन्द्रलाई डिजिटल एक्स-रे मेशिन लगायत आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा सभामुख सापकोटाले कोभिड १९ रोकथाममा बिषयमा भएका कार्यहरु र प्राकृतिक विपत्ति पूर्व तयारी सम्बन्धमा जानकारी समेत लिनुभएको छ ।