जेष्ठ ३१,चौतारा।
सिन्धुपाल्चोकमा एक साताको लागि निषेधाज्ञा थप गरिएको छ ।
यस अघि जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो । अब असार ८ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा कायम हुनेछ ।
आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई थप एक साता लम्व्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।
जिल्लामा कोभिड १९ को संक्रमणको जोखिम अझै कायम रहेकोल संक्रमण समुदायमा फैलिई रहेको हुन सक्ने अवस्थालाई ध्यानमा राखि निषेधाज्ञा थप गरिएको पोखरेलले जानकारी दिए ।