असार ३, चौतारा ।
चौतारा साँगाचोकगढि नगरपालिकालले मेलम्ची बाढि पिडितहरुलाई ६ लाख नगद सहयोग गर्ने भएको छ ।
मंगलबार आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाँउपालिकालाई ३/३ लाख नगद सहयोग गर्ने भएको हो ।
बिहिबार बसेको नगरपालिका स्तरीय बिपत व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रमुख अमान सिं तामाङले जानकारी दिए ।
गत साल पनि नगरपालिकाले बाह्रबिसे नगरपालिका ३ लाख र भोटेकोशी गाँउपालिकालाई २ लाख नगद सहयोग गरेको थियो ।