असार ५, मेलम्ची ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सिमापार वाणिज्य संघले मेलम्ची बाढी पीडितका लागि राहत वितरण गरेको छ ।
दुबै संघले एकमुष्ट मेलम्ची र हेलम्बु दुबै स्थानमा १५० बोरा चामल, ४५० किलो दाल, १५० केजी नुन, १५० केजी तेल, १५० केजी मस्यौरा, १५० पिस पोलार, म्याट्रिस ४८० मिटर र त्रिपाल १५० वटा वितरण गरेको उद्योग वाणिज्य संघका अध्यक्ष होम ब. बस्नेतले जानकारी दिए ।
हेलम्बु बाढी पिडितलाई सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ , नेपाल हिमालय सिमापार बाणिज्य संघ र सिन्धु बिजनेस ग्रुपको साझेदारी कार्यक्रममा खाद्य सामाग्री , त्रिपाल, पोलार ,मेट्रेस ,जेनेटर र सोलार लाइट समेत हस्तान्तरण भएको हो ।
शुक्रबार सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होम ब. बस्नेत, निवर्तमान अध्यक्ष वेद बहादुर श्रेष्ठ, वरिस्ठ उपाध्यक्ष रामकाजी पौडेल, द्धितीय उपाध्यक्ष अमृत कार्की, उपाध्यक्ष जगनाथ चालिसे, सदस्य रुपक धिताल, रामबाबु श्रेष्ठ , रबिन रोक्का साथै नेपाल हिमालय सिमापार बाणिज्य संघका निवरतमान अध्यक्ष बच्चु पौडेल , बरिस्ठ उपाध्यक्ष रामहरी कार्की, उपाध्यक्ष सुजित बस्नेत, उपाध्यक्ष नयन पन्डित क्षेत्री, सिन्धु बिजनेस ग्रुपका दिनेश पौडेल, रत्न पराजुली र राजेन्द्र रिजाल हेलम्बु र मेलम्ची पुगेका थिए ।