४ असार । चौतारा
सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं १ मा नयाँ सडक आयोजना थपिएका छन् ।
शहरी विकास मन्त्रालय अन्तरगत कार्यान्वयन हुनेगरि नयाँ सडक आयोजना थपिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
यस्तै निर्माणाधिन आयोजनाले निरन्तरता पाएका छन् । संघीय संसदका सभामुख सापकोटाको निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोक १ मा यस बर्ष पनि निर्माणाधिन सडकहरुलाई निरन्तरता दिई बजेट छुट्याइएको छ ।
निर्माणाधिन सडकहरुका लागि चालु आर्थिक बर्षमा रकम थप गरी आगामी आर्थिक बर्षका लागि प्राथकितामा पार्न पत्राचार एवं समन्वय गरिए अनुसार नै योजनाहरु परेको सभामुखका स्वकिय सचिव गोविन्द पाठकले जानकारी दिए । पाठकका अनुसार जनस्तरबाट माग भइ आएका नयाँ योजनाहरुमा समेत बजेट बिनियोजन भएको छ ।
शहरी विकास मन्त्रालयबाट कार्यान्वयन हुने योजनाहरुमा बाह्रबिसे नगरपालिका एकिकृत शहरी पूर्वाधार विकास कार्यक्रम, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० खत्रीथोक लुगाधुने खोला हर्रे सडक, बाह्रबिसे घुमाङ घोडे बुद्धपार्क सडक, चौतारा साँगाचोकगढी नगरपालिका पूर्वाधार निर्माण, चौतारा साँगाचोकगढी नगरपालिका जल्केनी भैंसे सडक स्तरोन्नती रहेको पाठकले जानकारी दिई।
उनका अनुसार थप भएका नयाँ सडक आयोजनाहरूमा चौतारा साँगाचोकगढी नगरपालिका नौविसे सेरा सडक कालोपत्रे, चौतारा साँगाचोकगढी नगरपालिका च्यानडाँडा सिम्पानी बलेफी सडक कालोपत्रेलगायत रहेका छन् ।
निर्माणाधिन सडकका लागि यस बर्ष रकमान्तर भएकोमा टेण्डरगरि कार्यान्वयनको चरणमा रहेको छ भने नयाँ सडकका लागि रकम ५० लाखको दरले रकम विनियोजन भएको छ ।