असार ९,चौतारा ।
बलेफी गाउँपालिकाको गाँउसभा मार्फत आगामी आर्थिक वर्षको लागि गुरु योजना सहितको नीति तथा कार्यक्रम पारित गर्दै गाउँसभा सम्पन्न गरेका छ।
बलेफी गाउँपालिकाले आ.ब.७८।८९को लागि ४७ करोड १ लाख ५७ हजार रकम विनियोजन गरेको छ ।
स्वास्थ्य ,शिक्षा,कृषि तथा पुर्वाधारलाई प्राथमिकतामा राख्दै विपन्न नागरीकको अर्थिक स्तरलाई उकास्ने खालका कार्यक्रम निति तथा कार्यक्रममा समेटिएको छ ।
बलेफी गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कोरोना रोकथाम,मनसुन जन्य विपदका लागि १ करोडको कोष स्थापना गरेको छ ।
आईसुलेसनमा निशुल्क उपचार देखि अस्पतालको रेफरमा कोभिडका विरामिलाई काठमाडौ लैजान पर निशुल्क एम्बुलेन्सको ब्यवस्था गरेको छ । बलेफी गाउँपालिकाले कोरोना संबmमणबाट मृत्यु भएमा परीवारमा ५ लाख राहत सहयोग गर्ने निति तथा कार्यक्रममा उल्लेख गरेको छ । फ्रन्ट लाईनमा खटिनेलाई जोखिम भत्तादेखि प्राथमिक अस्पताल जलविरेलाई १५ शैयाको अस्पतालको रुपमा संचालन गरीने भएको छ ।
भौतिक,सडक पुर्वाधार तथा खानेपानी योजना प्राथमिकतामा परेको छ । निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष कमला कायस्थले अनाथ तथा जोखिममा रहेका बालबालिकाहरुलाई सामाजिक सुरक्षा कोषमा समेटिने उल्लेख गर्नूभयो ।अर्गानिक उत्पादन देखि ब्यवसायिक कृषकलाई प्राथमिकतामा राखिएको छ ।
९ औं गाउँसभा गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।