असार ९, बराम्ची ।
जुगल गाउँपालिकाले आफ्नो १०औं गाऊसभा सम्पन्न गरेको छ ।
सो गाँउपालिकाले विपद्, पूर्वधार र उद्यम विकास, स्वास्थ्य, शिक्षा, कृषि, उद्यम, सूचना प्रविधि र पर्यटनलाई प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाका उपाध्यक्ष सृजना तामाङले दशौं गाँउसभाबाट चालु वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गर्नूभयो ।
पालिका प्रमख होम नारायण श्रेष्ठले जनप्रतिनिधिहरुले ४ वर्षको कार्यकालमा निर्वाचनको बेला घोषणापत्रमा उल्लेखित बुँदाहरु पूरा गन निरन्तर प्रयास गरिरहेको उल्लेख गर्नुभयो।
पछिल्लो समय मौसम र प्राकृतिक विपदको सामना गर्दै दु्रत विकासमा अगाडि बढेको गाउँपालिकाले विश्वभर फैलिएको कोभिडको कारण पुनः विकास निर्माण लगाएतका कार्यहरुमा नराम्ररी असर पु¥याएको पालिका प्रमुख श्रेष्ठले बताउनुभयो ।
गाउँपालिले गाँउपालिका भित्र रहेका महिला तथा पुरुषहरुलाई विदेश पलायनलाई रोक्न कृषि तथा पशुपालनको क्षेत्र लाई रोजगार क्षेत्रको रूपमा विस्तार गर्ने र गाउँपालिकामा हाट बजार तथा कृषि मेला प्रदर्शनी को व्यवस्था मिलाइने समेत निति तथा कार्यक्रममा उल्लेख गरेको छ ।