असार १०,चौतारा ।
पछिल्लोपटक नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकको नयाँ कार्यसमिति चयन भएसँगै सिन्धुपाल्चोकका स्थानीय सरकारहरुले नेपाल पत्रकार महासंघसँगको समन्वय र सहकार्यलाई जोड दिएका छ्न ।
। आम सञ्चारको विकासका लागि स्थानीय सरकारहरुले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकसँग समन्वय र सहकार्यका लागि तदारुकता देखाएका हुन् ।
बिहीबारसम्म सम्पन्न जिल्लाका १२ वटा स्थानीय तहको नगर तथा गाउँ सभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सञ्चार जगतको सशक्त विकास र समृद्धिका लागि महासंघसंग समन्वय र सहकार्य गर्ने उल्लेख छ ।
निश्चित बजेटसहित नीतिगतरुपमै स्थानीय सरकारले महासंघसँग समन्वय गर्ने प्रास्ताब पास भएपछि सिन्धुका सञ्चारकर्मीहरुले भने खुशी व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले राज्यको चौंथो अंगको रुपमा स्थापित पत्रकारहरुको संरक्षण, सम्बर्द्धनका लागि स्थानीय सरकारले लिएको तदारुकता र जागरुकता प्रसंशनीय रहेको बतए । सिन्धुका स्थानीय सरकारको यो समर्पण र सदकार्यको उदाहरण संभवत नेपालमै पहिलोपटक भएको अध्यक्ष श्रेष्ठले दावी गरे ।
नीतिगतरुपमा नै पत्रकार महासंघसँगको सहकार्यसंगै स्थानीय पत्रपत्रिका, रेडियो, अनलाइनको संरक्षण र प्रोत्साहनका लागि पनि स्थानीय सरकारले नीति कार्यक्रममा समावेश गरेको छ ।