काठमाडौं, असार २४।
सिन्धुपाल्चोककी चेली संगिता शर्माले आफ्नो जन्मदिनको अवसर पारेर फोक्सो क्यान्सर पीडिलाई नगद सहयोग गरेकी छिन् ।
शर्माले आफ्नो जन्मदिनको अवसर पारेर जुम्ला घर भै हाल टिचिङ हस्पिटलमा फोक्सो क्यान्सरको उपचाररत २३ बर्षिय कमल रोकायलाई रु १५ हजार सहयोग गरेकी हुन्।
समाजसेबी शर्मा हाल लायन्स क्लब अफ काठमाडौ न्यू स्मार्ट सिटि नामक अन्तर्राष्ट्रिय संस्था को अध्यक्ष समेत रहेकि छिन् ।
यो बर्ष मात्र नभएर गत बर्षका दिनहरुमा नि आफ्नो जन्मदिन कुनै बाल तथा वृद्ध आश्रम मा मनाउने गरेको र भोलिका दिनहरुमा पनि यस्तै गरिब दिनदुखिकै साथमा रहने उनको भनाई छ ।
पछिल्लो समय केक काटेर होटल तथा रेष्टुरेन्टमा पार्टी गरेर जन्मदिन मनाउने प्रचलन चलिरहेको अबस्थामा होटेल रेस्टुरेन्टमा पुगेर हजारौं खर्च गरेर बर्थडे मनाउन भन्दा दिन दुखिलाई सहयोग गर्दा धेरै आनन्द मिल्ने उनले बताइन् ।
उनले जन्म दिनको अवसर पारेर बाल तथा युबा परिचालन केन्द्र का ३३ जना बालबालिकालाइ एकदिनको खाना समेत खुवाएकि थिइन् ।
उत्त कार्यक्रम मा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक ३२५ ए २ नेपाल का डिस्ट्रीक गभर्नर लायन केशब पाण्डेको समेत उपस्थित रहेको थियो ।