असार २५, चौतारा ।
जवरजस्ती करणी मुद्दामा कैद १० वर्ष जेल सजाय भई फरार रहेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका– १ स्थायी घर भएका ५३ वर्षका दिलबहादुर भन्ने सोमे तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डौमा लुकिछिपी बसेका विशेष सूचनाको आधारमा असार २३ गते सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले उनलाई गोकर्णबाट पक्राउ गरेको हो ।
तामाङलाई फैसला भएको मितिबाट १५ वर्ष पछी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।