असार २५, मेलम्ची ।
हेलम्बुका पीडितसँग प्रधानमन्त्री ओलीले बाढी प्रभावितका लागि तत्काल अस्थायी आवासका लागि एक हजार पाँच सय बन्डल जस्ता र प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने आश्वासन दिएका हुन् ।
बाढी प्रभावित क्षेत्र मेलम्ची बजार र हेलम्बुको निरीक्षण गर्न शनिबार सिन्धुपाल्चोक आइपुगेका प्रधानमन्त्री केपी ओलीले बाढीले पुर्याएको क्षति अवलोकन गरेका थिए।
सेनाको हेलिकप्टरबाट शुरुमा हेलम्बु पुगेका प्रधानमन्त्री ओलीले मेलम्ची बजार समेत घुमेका छन् । गाडीबाट बजार घुमेपछि उनले मेलम्ची टारबाट बाढीले क्षतिग्रस्त क्षेत्रको अवलोकन गरेका थिए।