हेलम्बु, साउन ३।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पहलमा हेलम्बु गाँउपालिकालाई १८ लाख बराबरको स्वास्थ सामाग्री उपलब्ध भएको छ ।
राप्रपाका केन्द्रिय अध्यक्ष पशुपति शम्शेर जबराको बिशेष पहलमा अन्तरास्ट्रिय संस्था UNDP ले गाँउपालिकालाई स्वास्थ समाग्रि सहयोग गरेको हो ।
जिल्लामा उक्त सामग्रीको व्यवस्था मिलाईदिन राप्रपा केन्द्रीय महिला संगठनकी महासचिव कुमारी तामाङ र केन्द्रीय सदस्य बाबुराम खडकाले पार्टी अध्यक्षलाई अनुरोध गरेका थिए ।
उक्त सामाग्री आइतबार UNDP का ARR प्रावसी प्रमुख विजय सिंहको उपस्थितिमा पालिका उपाध्यक्ष कोपिला पण्डित र स्वास्थ शाखा पमुख ज्ञानेन्द्र सिग्देललाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
पालिकालाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीमा प्लस अक्सिमिटर १०० पिस, डिजिटल थर्मोमिटर १०० पिस, पिपिई २ सय सेट, ह्यान्ड सेनिटाइजर ५ लिटरको १०० थान, ग्लोव्स ५ हजार पिस, हस्पिटल वेड २५ थान र सर्जिकल मास्क ५ हजार पिस,सोलान २ सय पिस,ब्लान्केट २०० पिस र तारपुलिन २०० पिस रहेको राप्रपा केन्द्रीय महिला संगठनकी महासचिव कुमारी तामाङले जानकारी दिईन् ।
स्वास्थ्य समाग्री बुझ्दै पालिकाकी उपाध्यक्ष कोपिला पण्डितले बिपत खेपिरहेको बेलामा राप्रपाले गरेको उक्त सहयोगको प्रशंसा गर्दै निरन्तर सहयोग गर्न समेत आग्रह गरेकि छिन् । सो स्वास्थ्य सामग्री हेलम्बु गाँउपालिकाको प्रत्यक वडावडा सम्म पुग्ने स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिए ।
सो स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पूर्व सभासद चलन बहादुर तामाङ, राप्रपा केन्द्रीय सदस्य बाबुराम खड्क, जिल्ला अध्यक्ष गोपाल नर्सिङ श्रेष्ठ, राप्रपा गाउँपालिका प्रमुख अम्बर बहादुर पण्डित, राप्रपा जिल्ला सदस्य हरि गुरुङ्गको उपस्थिति रहेको थियो ।
राप्रपा सिन्धुपाल्चोकले कोरोना कहर र बाढी पहिरोबाट प्रभावितहरुलाई निरन्तर सहयोग गर्दै आइरहेको छ ।