अर्जुन शर्मा , चौतारा, साउन ३ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.७ सानोसिरुवारीमा रहेको श्री शिद्धिगणेश माध्यामिक बिद्यालयका सम्पुर्ण शिक्षकहरुलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।
नमुना बिद्यायक बिकास कार्यक्रम अन्र्तगत दोस्रो बर्ष बागमती प्रदेश सरकारले बिद्यालयलाई १६ लाख ९१ हजार ४५ रुपैया बजेट बिनियोजन गरको थियो सोही बजेट अनुरुप बिद्यालयमा अध्यापन गराउने सम्पुर्ण २८ जना शिक्षकहरुलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको बिद्यालयका प्रध्यानाध्यापक राजकुमार यादवले जानकारी दिए ।
आइतबार एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका निवर्तमान सामाजिक बिकास मन्त्री युवराज दुुलालले शिक्षकहरुलाई उक्त ल्यापटप हस्तान्तरण गरेका हुन् ।
ल्यापटप बितरण गर्दै निवर्तमान मन्त्री दुलालले सामाग्री पाउनुमात्रै उपलब्धि नरहेको भन्दै यसको सहि सदुपयोग गरेर बिद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सहयोग पुर्याउनुपर्ने बताए ।
“यस बिषयमा तपाईहरुको दक्षता,क्षमता र योग्यताले भ्याएसम्म अधिकतम प्रयोग गरेर सम्पुर्ण बिद्यालयको शैक्षिक अबस्था उकास्न सफल हुनुहनेछ भन्ने बिश्वास लिएको छु ।” निवर्तमान मन्त्री दुलाले भने ।
आफ्नै नेतृत्वमा रहेको सामाजिक बिकास मन्त्रालयले अगि सारेको नमुना बिद्यालय बिकास कार्यक्रम सफल भएको आफु निकै खुसि भएको बताउदै निवर्तमान मन्त्री दुलाले यस नमुना बिद्यालयले अगि सारेका कार्यक्रमहरु अन्य बिद्यालयहरुले समेत अनुशरण गर्नुपर्ने समेत बताएका छन् ।
बिद्यालय सम्पुर्ण कुराले पुर्ण भइसकेको हुँदा अब शैक्षिक अबस्थाको सुधार मात्रै बाँकी रहेको वडाध्यक्ष उमाप्रसाद दुलालले बताए ।
यस बिद्यालमा अध्ययनरत बिद्यार्थीहरु सिङगो नगरपालिकाको नै उत्कृष्ट रहेको स्मरण गराँउदै अध्यक्ष दुलालले अब छिट्टै नै जिल्ला उत्कृष्ठ बिद्यालय बनाउन पहल गर्ने समेत बताए ।
प्रदेश सरकारले छनोट गरेका २० वटा नमुना बिद्यालयहरु पर्न सफल यस माविमा प्रदेश सरकारले आर्थीक सहयोगमा ल्यापटप बितरण गरिएको बिद्यालयका विव्यस अध्यक्ष मुक्ति दुलालले जानकारी दिए ।