जुगल,साउन ५।
जुगल गाउँपालिका वडा नं. ३ नेसम खोलामा तुइन निर्माण भएको छ ।
हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको गाउँपालिकाको दिपु, तेगा र तेम्बाथान पुग्ने एक मात्र माध्यम नेसम खोलाको झोलुंगे पुल बाढीले एक महिना अगि बगाएको थियो ।
बाढीले झोलुङ्गे पुल बगाएपछि बैकल्पिक वारपार गर्न नेकपा (माओबादी केन्द्र)ले उक्त खोलामा तुइन निर्माणको लागि थालनी गरेको थियो ।
स्थानीय बासिहरुले पुल मर्मतको लागि स्थानीय सरकारलाई गुहार मागेका थिए तर पालिकाले वास्ता नगरेपछि माओवादी केन्द्रले सो खोलामा तुइन हाल्ने निर्णय गरेको थियो ।
माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज युवा नेता माधव सापकोटा सुवोधले सो स्थानमा तुइन निर्माणको लागि पहल गरेका थिए ।
करिब ३ साता अगिबाट थालिएको तुहिन हाल्ने काम सकियसँगै मंगलबारबाट सञ्चालनमा आएको छ ।
उक्त तुइनको मंगलबार माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका निवर्तमान सामाजिक बिकास मन्त्री युवराज दुलाल, पार्टीका केन्द्रीय सदस्य माधव प्रसाद सापकोटा सुबोध र बागमती प्रदेश सचिवालय सदस्य सरल सहयात्री पौडेलले उदघाटन गरेका छन् ।
खोला वारपार गर्ने अन्य विकल्प नहुँदा असार १ यता स्थानीय चुँडिएको झोलुंगे पुलमै झुन्डिएर जोखिमपूर्ण रूपमै आउजाउ गरिरहेका थिए । अहिले तुइन सञ्चालन गरिएपछि स्थानीय वासी खुसी भएका छन्।