चैतारा, साउन १७ ।
शनिबार साँझबाट आएको मेलम्ची बाढीको उद्गम स्थलमा विज्ञको टोलि पुगेको छ ।
शनिबार साँझ बाट आएको बाढीको उद्गम स्थल हेलम्बु गाँउपालिकाको भेम्राथाङमा भूगर्भ बिभागको टोलि पुगेको हो ।
भूगर्भ विभागका प्रमुख शिवहरी बास्कोटाको नेतृत्वमा रहेको ५ जनाको उक्त टोलि सो स्थानमा पुगेको हो ।
मेलम्चीमा आएको बाढी र पहिरोको अध्यययन गर्न टोलि पठाउन गृहमन्त्री बालकृष्ण खाँडले भूगर्भ विभागलाई निर्देशन दिएका थिए ।
सो टोलिले पहिरो गएको उक्त स्थानमा पुगेर पहिरो जानुको कारण अध्यययन गर्नेछ ।
शनिबार साँझबाट निरन्तर रुपमा परेको पानीले सो स्थानमा पहिरो खस्दा तल्लो तटिय स्थानमा बाढी निरन्तर आइरहेको छ ।