चौतारा, साउन २०।
नेपाली काङ्ग्रेस केन्द्रीय खेलकुद बिभागको सल्लाहकारमा अन्तरास्ट्रिय तेक्वान्दो खेलाडी प्रेम भण्डारी नियुक्ति भएका छन् ।
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक समेत रहेका भण्डारीलाई नेपाली काङ्ग्रेसको केन्द्रीय खेलकुद बिभागले बिभागको प्राविधिक बिज्ञ सल्लाहाकारमा मनोनयन गरेको हो ।
सिन्धुपाल्चोक जिल्लामा तेक्वान्दो खेल भित्राएका भण्डारीलाई काङ्ग्रेसको केन्द्रीय खेलकुद बिभागका प्रमुख मोहन बहादुर बस्नेतले मंगलबार नियुक्त गरका हुन् ।
२ दशक देखि तेक्वान्दो खेलमा सक्रिय रहेका भणडारीले बिभिन्न देशमा गएर अन्तरास्ट्रिय प्रतियोगिता समेत समेत जितेका छन् ।