चौतारा, साउन २० ।
कोरोना विरुद्धको खोप बोकेर चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख जानुका पराजुली स्वास्थ्यकर्मीको टोली सहित अशक्त व्यक्तिहरूको घरमा नै पुगेकी छन् ।
पाल सरकार मातहत स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले तोकेको खोप केन्द्रसम्म पनि आउन नसक्ने अशक्त, अपाङ्ग तथा वृद्धवृद्धालाई खोप उपलब्ध गराउन आफु स्वास्थ्यकर्मीको टोलिसहित प्रभावितको घरमा पुगेको उपप्रमुख पराजुलीले बताइन् ।
‘तोेकिएको खोप केन्द्रसम्म पनि खोप लगाउन आउन वा ल्याउन समस्या भएका अति नै प्रभावित अशक्त नगर बासीलाई खोपको अवसरबाट वञ्चित नगराउन स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सहित हामी उनीहरूको घरदैलोमा नै पुगेका हौ ।’उनले भनिन् ।
बुधवार सो टोलीले नगरपालिकाको वडा नं। १०, ११ र १२ का १६ जनालाई उनीहरूको घरमानै पुगेर जोससोन एण्ड जोनसोन खोप उपलब्ध गराएको हो । यो अभियान अन्य वडामा समेत सञ्चालन गरिने समेत उनले बताइन् ।