मेलम्ची, भदौ ६ ।
सिन्धुपाल्चोक जिल्ला पांचपोखरी थाङपाल गाउंपालिका वडा नं २ बरुवामा गत श्राबण १९ गते गएको पहिरोमा परि निधन भएका यज्ञ बहादुर बन्जारा क्षेत्री र लक्ष्मी बन्जारा दम्पतिको परिबारलाई बन्जारा तथा बन्जाडे समाज,नेपालले बार्षिक पुण्य तिथिको अवसरमा सहयोग रकम हस्तान्तरण गरेको छ ।
देश बिदेशमा रहेका बन्धुहरुबाट प्राप्त सहयोग रकम मध्ये गत साल तत्काल नै समाजको केन्दृय समितिबाट संकलित रु २१ हजार ,सिन्धुपाल्चोक जिल्ला समितीबाट रु ५ हजार र ईजरायलमा कार्यरत चेली सावित्री बन्जाराबाट रु १० हजार र सिन्धु बन्जारा समाजबाट पांच हजार गरि रु ४१ हजार र पछि संकलित २३ हजार ६ सय १० रुपैंयां शनिबार बार्षिक पुण्य तिथिको अवसरमा संस्थाका सचिब गणेश बन्जारा र केन्द्रीय सदस्य एबम समाजसेवी निर्मल बन्जाराको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
यस्तै संस्थाको तर्फबाट जम्मा रु ६४ हजार ६ सय १० सहयोग प्रदान गरिएको छ ।
पहिरो पिडित बन्धुहरुको छोराछोरीलाई थप अध्ययनको लागि मद्धत पुर्याउने उद्देश्यले सो सहयोग रकम संकलन गरि हस्तान्तरण गरिएको स्थानीय समाजसेवी एवम संस्थाका केन्द्रिय सदस्य निर्मल बन्जाराले बताए।
सो अबसरमा सो वडाका वडा सचिब एबम पिडित परिवारका आफन्त सरोज सिलवाल र पिडित परिबारका सदस्यहरुको समेत उपस्थिति रहेको संस्थाका सचिब गणेश बन्जाराले बताए।<span;>