चौतारा, भदौ १० ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) इन्द्रावती गाँउपालिकाको अध्यक्षमा दिपक दनुवार चयन भएका छन् ।
अखिल क्रान्तिकारी इन्द्रावती गाँउपालिकाकाको बिहिवारको प्रथम सम्मेलनले अध्यक्षमा दनुवार सहित ३५ सदस्यिय गाँउ कमिटि गठन भएको हो ।
यस्तै बुधबार सम्पन्न भएको अखिल क्रान्तिकारी मेलम्ची नगरपालिकाको तेस्रो सम्मेलनबाट तेजबहादुर तामाङको अध्यक्षतामा ३५ सदस्यीय कमिटि गठन भएको छ ।
दुबै कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री युवराज दुलाल शरदले शिक्षा क्षेत्रमा सरकारले पर्याप्त लगानि गर्नपर्नेमा जोड दिएका छन्।
उनले निशुल्क र गुणस्तिरिय शिक्षा प्रदान गर्न सकेमात्र देशको विकास हुने भन्दै शिक्षा क्षेत्रको विकास नै मुल विकास भएको दावि गरेका छन्।