ठोकर्पा, भाद्र १० ।
सामुदायिक बनको उदगम स्थल ठोकर्पामा पहरी समाज यूवा क्लव सिन्धुपाल्चोकले वृक्षारोपण गरेको छ ।
बिहिबार शुनकोशी गाँउपालिका वडा नं. १ मा रहेको सामुदायिक बनको उदगम स्थलमा ठोकर्पाको वन परिसरमा १ हजार ४ सय ५० वटा बिभिन्न जातका बिरुवा रोपिएको क्लबका अध्यक्ष प्रकाश पहरीले जानकारी दिए ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वन तथा भू(संरक्षण विभाग वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र हात्तीसार काठमाडौंबाट अनुदानमा ल्याइएको सो बिरुवा वडाध्यक्ष नेत्रबहादुर कार्की सहित अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।
सो वृक्षारोपण कार्यत्रपमको अवसरमा क्लवकले श्री बाघ भैरव माध्यामिक बिद्यालयको परिसरमा लगाउनको लागि ६० वटा बिरुवा समेत हस्तान्तरण गरेको छ । क्लवका अध्यक्ष पहरीले बिद्यालयका प्रध्यानाध्यापक बिष्णु प्रसाद न्यौपानेलाई उक्त बिरुवा हस्तान्तरण गरेका हुन् ।
सामाजिक काममा अग्रसर उक्त क्लबले पछिल्लो समय कोरोना प्रभावित ५५ घरलाई खाद्यन्न सहयोग समेत गरेको थियो ।