चौतारा, भाद्र १५।
तत्कालिन एमाले हुँदा माधव नेपालको गढ मानिएको सिन्धुपाल्चोक जिल्लामा पार्टि बिभाजन पछि नेताहरु माधव नेपालले दर्ता गराएको नेकपा (एकीकृत समाजवादी) मा खुल्न शुरु गरेका छन् ।
पार्टी विभाजनसँगै भदौ २२ सम्म पार्र्टी रोज्न पाइने निर्वाचन आयोगको प्रावधान अनुसार नेताहरु खुल्न थालेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)मा हालसम्म राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्मा, एमाले राष्ट्रिय परिषद सदस्य नवराज पौडेल र बाग्मती प्रदेश सभा सदस्य इन्द्रमाया गुरुङ खुलेका नेकपा (एकीकृत समाजवादी)का युवा नेता रबि भण्डारीले जानकारी दिए ।
यसैगरी मेलम्ची नगरपालिकाकी उपप्रमुख तथा एमाले प्रदेश कमिटी सदस्य भगवती नेपाल र एमाले प्रदेश कमिटी सदस्य सोम सापकोटा समेत नेकपा (एकीकृत समाजवादी) मा खुलेका भण्डारीले जानकारी दिए ।
यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का वडाध्यक्ष बेलबहादुर महत पनि सो कार्यक्रमबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् ।
काठमाडौमा मंगलवार आयोजित कार्यकर्ता भेलाबाट उनिहरु सो पार्टिमा खुलेको आधिकारिक घोषणा गरेका हुन् ।