सारदाप्रसाद चालिसे, लामोसाँघु, भाद्र २४ ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. ७ मा रहेको सुनकोसी क्याम्पसलाई भ्याली समाज लामोसाँघुले विभन्न सामाग्रीहरु सहयोग गरेको छ ।
भ्याली समाज को अध्यक्ष बल्देब श्रेष्ठ र पुमरी सर्भिसेज प्रालिका रबिन्द्र प्रधानले सँयुक्त रुपमा सिसी क्यामरा सहित अफिसको लागी आबश्यक फर्निचर टेबुल, कुर्सी, सोफासेट गरि २ लाख ५० हजार रुपैयाँ बराबरको सामान सहयोग गरेको क्याम्पस संचालन समितिका अध्यक्ष सुकदेव तिमल्सिनाले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रमा एमाले नेता तथा पूर्व प्रदेश मन्त्री सरेश नेपाल, क्याम्पस प्रमुख कृष्ण आचार्य लगायतको सहभागिता रहेको थियो ।
मिटिङ हल को लागी आबश्यक १० थान पँखा आगामी दिन मा सहयोग गर्ने प्रतिवद्धता समेत बल्देब श्रेष्ठ र रबिन्द्र प्रधानले गरेका छन् ।