बलेफी, भाद्र २७ ।
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सिन्धुपाल्चोकको १९औं जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
आइतबार सम्पन्न भएको सम्मेलनले क्षितिज तामाङको ६१ सदस्सीय कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा प्रविण चौलागाईं, हरी पौडेल, सृष्टि पौडेल र दिपक दनुवार चयन भएका छन् ।
यस्तै सचिवमा सुवाष गौतम, सहसचिवमा निश्चल संजेल, कोदोङ पार्खिन तामाङ, निराजन आचार्य, बिकेश तामाङ, प्रदिप पराजुली र कोषाध्यक्षमा राधा न्यौपाने चयन भएको अखिल (क्रान्तिकारी) का निर्वाचित सचिव सुवाष गौतमले जानकारी दिए ।