चौतारा, भाद्र २९ ।
५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले बाल भेला गरेर नगर बाल सञ्जाल गठन गरेको छ ।
आज भएको बाल भेलाले रामदेवी माध्यामिक बिद्यालयमा अध्ययनरत दिपिशा खडकाको अध्यक्षतामा २१ सदस्यि बाल सञ्जाल गठन गरेको हो ।
अध्यक्षमा खडका सहित उपाध्यक्षमा कुण्डला देवी माध्यामिक बिद्यालयमा अध्ययनरत रोशन गौतम र सचिवमा श्री सिद्धिगणेश माध्यामिक बिद्यालयमा अध्ययनरत प्रतिमा श्रेष्ठ निर्वाचित भएकि छिन् ।
यस्तै सहसचिबमा दक्षिणकाली माबिमा अध्ययनरत निरुता कार्की र कोषाध्यक्षमा कालिदेवी माविमा अध्ययनरत सबिना श्रेष्ठ निर्वाचित भएकको चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रम्ुख जानुका पराजुलीले जानकारी दिइन् ।
यस्तै सञ्जालको सदस्यहरुमा नगरपालिका भित्रका प्रत्येक माविबाट एक एक जना निर्वाचित गरिएको छ ।
नवनिर्वाचित बाल सञ्जालका सम्पुर्ण सदस्यहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रम्ुख जानुका पराजुलीले बधाई तथा शुभकामना व्यक्त गरेकी छिन् ।