चौतारा,असोज १३ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले पुन: असोज २० गते देखि साधारण शेयर आइपिओ खुलाउने भएको छ ।
कम्पनीले अब सर्बसाधारणको लागि तय गरेको ९० लाख कित्ता खुलाउन लागेको हो ।
सर्वसाधारणले असोज २० देखि २५ गते सम्म सो आइपिओ भर्न पाउनेछन् ।
गत बैशाख ५ गते धितोपत्र बोर्डले कम्पनी लिमिटेडलाई १ करोड ५० लाख आइपिओ कित्ता शेयर बिक्रिको लागि अनुमति दिएको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावतितको लागि नश्कासन गरेको ६० लाख कित्ता शेयरको बाँडफाँड भैसकेको छ ।