चौतारा, असोज १३ ।
चौतारा साँगाचोकगढी नगरपालिकाले महिला स्वरोजगारको कार्यक्रम प्राथमिकतामा राखेर सञ्चालन गरेको छ ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाले नगरपालिकाको महिलाहरूको लागि वडा नं. १४ को झ्याडि बस्ति र वडा नं. १ स्याउलेका महिलाहरूलाई २ महिने गलैँचा बुन्ने सिप दिएको हो ।
नगरपालिकाले नगरपालिका भित्रका महिलाहरूलाई गाउँमा नै रोजगार सिर्जना गर्ने उद्देश्यले गलैँचा बुनाइ तालिम प्रदान गरिएको नगर उपप्रमुख जानुका पराजुलीले बताइन् ।
“हामीले महिलाहरूलाई गाउँमा नै स्वरोजगार बनाउने उद्देश्यले हाल नगर भित्रका ४० जना महिलाहरूको लागि गलैँचा बुन्ने तालिम सञ्चालन गरिएको छौँ, यो तालिम सकेपछि हामीले उनीहरूलाई एक एक थान तान समेत प्रदान गर्ने छौँ ।” उपप्रमुख पराजुलीले भनिन् ।
पछिल्लो समयमा बजारमा गलैँचाको माग उच्च रहेको र सामान्य महिलाले पनि मासिक १५ देखि २० हजार सम्म आम्दानी गर्न सक्ने भएको हुँदा सो सिपको प्रदान गरिएको उनले भनाइ छ ।
नगरपालिकाले हालसम्म ५ सय भन्दा बढी महिलाहरूलाई गलैँचा बुन्ने तान वितरण गरिसकेको समेत उनले बताइन् ।