चौतारा, असोज १४ ।
अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) सिन्धुपाल्चोकले उत्कृष्ट जिल्लाको रुपमा सम्मान पाएको छ ।
अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको अवसरमा संगठनले सिन्धुपाल्चोक जिल्ला समितिलालाई उत्कृष्ट जिल्लाको रुपमा सम्मान गरेको हो।
संगठनको सांगठनिक गतिबिधिहरुको आन्तरिक मुल्याकनमा सिन्धुपाल्चोक उत्कृष्ट जिल्ला ठहरिएकोले सम्मान गरिएको सम्मान पत्रमा भनिएको छ ।
संगठनको २२ औँ सम्मेलनको उदघाटन सत्रमा गरेको यो सम्मानले अझ सशक्त ढङगले संगठनको गतिविधि संचालन गर्न हौसला प्राप्त भएको अखिल क्रान्तिकारी सिन्धुपाल्चोकका अध्यक्ष क्षितिज तामाङले बताए ।