चौतारा, असोज १७ ।
प्रहरी दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयको समुदाय प्रहरी साझेदारीले आयोजना गरेको वृक्षारोपण र मास्क खोइ को कार्यक्रम सम्पन्न गरेको छ ।
चौतारा वृद्धाश्रम स्थित आसपासका क्षेत्रहरूमा प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको संयोजकत्वमा जिल्ला प्रहरी प्रमुख राजन अधिकारी सहितको करिब २५ जना प्रहरी कर्मचारीले बृक्षारोपण गरी कार्यक्रम सम्पन्न गरेको प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।
वृक्षारोपण कार्य सकी प्रहरीले मास्क लगाऊ भन्ने नारा सहित विभिन्न सङ्घ संस्थालाई आबद्ध गराई बजार परिक्रमा गरी मास्क वितरण गर्दै कोभिडको जनचेतना कार्य समेत गरेको छ ।
मास्क खै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल, जिल्ला प्रहरी प्रमुख राजन अधिकारी, चौतारा साँगाचोकगढी नगर पालिका वडा नं। ५का वडा अध्यक्ष नरमान श्रेष्ठ, चौतारा नगर स्वास्थ्य प्रमुख शिव पुरी, निर्माण व्यवसायी सङ्घका उपाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, जिल्ला स्काउटको टिम, रेडक्रसको टिम, लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटिको टिम लगायत विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।