बलेफी, असोज १७ ।
सुनकोसी नदीमा र्याफ्टीङ गर्ने क्रममा खसेर एक जनाको मृत्यु भएको छ ।
आइतबार मध्याह्न दोलखा जिल्ला मेलुङ गाउँपालिका ४ का २२ वर्षीय साजन खड्काको र्याफ्टीङ गर्ने क्रममा नदीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिए ।
सुनकोसी नदीको चौतारा साँगाचोकगढी नगरपालिका ९ स्थित डुम्रे खण्डमा उनी डुङ्गाबाट नदीमा खसेका थिए । नदीमा खसेर बेपत्ता भएका उनको दुई घण्टापछि शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
स्प्लास नेपाल एडभेन्चर कम्पनीबाट र्याफ्टीङका लागि उनी सँगै १० जनाको टोली काठमाडौँबाट शनिवार सुकुटे आएको थियो ।