चौतारा, असोज १९ ।
प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले चौतारामा रहेको वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ ।
दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको प्रहरी कार्यालयले मङ्गलवार वृद्धाश्रममा खाद्यान्न सहित फलफूल सहयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारीले जानकारी दिए ।
प्रहरी कार्यालयले वृद्धाश्रममा १२ बोरा चामल, २ बक्सा तेल, बिस्कुट ६ प्याकेट, दाल १० केजी, चिनी १० ७ केजी, चिया पत्ति १ केजी, हर्लिक्स १० बट्टा लगायत खाद्यान्न सहयोग गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिए ।
खाद्यान्न सँगै प्रहरीले आश्रममा विभिन्न किसिमका फलफूल समेत वितरण गरेको छ ।