चौतारा, असोज १९ ।
घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले अनुगमनको क्रममा जफत गरेको खाद्यान्न नष्ट गरेको छ ।
गत साता चौतारा, बाह्रबिसे, लामोसाँगु, खाडिचौर र जलवीरे बजारमा गरेको अनुगमनको क्रममा जफत गरिएको खाद्यान्न कार्यालयले मङ्गलवार कार्यालय परिसरमा नष्ट गरेको हो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरेको अनुगमनको क्रममा फेला परेका म्याद नागेका तथा अखाद्य ठहरिएका खाद्यान्न आज नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामशरण गौतमले जानकारी दिए ।
अनुगमनको क्रममा फेला परेको चामल, मैदा, क्वाटि, तेल, बिस्कुट जस्ता विभिन्न १ लाख बराबरको अखाद्य खाद्यान्न जफत गरी नष्ट गरिएको गौतमले जानकारी दिए ।