सिन्धुपाल्चोक ।
२०७२ सालको विनाशकारी भूकम्पबाट प्रभावित भई स्थानान्तरण भएका भोटेकोसी गाउँपालिका वडा नंं ३ का ९० परिवारलाई दसैँमा स्थायी घर पाएका छन् ।
विगत ६ वर्ष सम्म जस्ताको टहरामा दसैँ मनाइरहका भोटेकोसी गाउँपालिका वडा नं. ३ का ९० घरधुरीले द्धारिकाज फाउन्डेसन निर्माण गरेको स्थायी घर पाउँदा खुसी भएका छन् ।
२०७२ सालको विनाशकारी भूकम्पबाट आफ्नो घर भत्काएसँगै टहरोमा बसिरहेका भोटेकोसी गाँउपालिकाका दुगुना, थाङसुर, विक टोल र यार्मासिङका ९० घरधुरीलाई संस्थाले दशैको बिचमा नै आवास निर्माण सम्पन्न गरी चाबी हस्तान्तरण गर्दा भएका हुन् ।
संस्थाले फूलपातीको अगिल्लो दिन भूकम्प पीडितहरूको लागि नयाँ घरमा सर्नको लागि चाबी हस्तान्तरण गरेको हो । संस्थाकी उपाध्यक्ष संगिता श्रेष्ठ र भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले संयुक्त रूपमा पीडित परिवारलाई आवास हस्तान्तरण गरेका हुन् ।
द्धारिकाज फउन्डेशनले जिम्मा लिएको ९० घर पुनर्निर्माण सक्काएर हस्तान्तरण गरे सँगै भोटेकोसी गाउँपालिकाको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । छिट्टै नै पुनर्निर्माण सम्पन्न भएको घोषणा गर्ने तयारी रहेको समेत उनले जानकारी दिए ।
दशैको बिचमा नै नयाँ पक्की घर पाउँदा निकै नै खुसी मिलको ५ वर्ष सम्म जस्ताको टहरोमा बसेर कष्टकर जीवन बिताइरहेकी छिरिङ शेर्पाले बताइन् ।
पहिला झुप्रो घरमा बस्नु परेकोमा समस्या सुनाउँदै स्थानीय कान्छी बि।क।ले भनिन् ‘यो सालका दसैँमा थप खुसी मिलेको छ, दसैँमा पाउना आउँदा आनन्द सँग राख्न सकिन्छ ।’
संस्थाले प्रति घर ८ लाख ६७ हजार रुपैयाँमा सम्पन्न गरेको हो । प्रत्येक घरधनीको ३० दिनको श्रमदान अनिवार्य गर्नुपर्ने सर्तका साथ सम्झौता गरेको संस्थाले सम्झौता गरेको ४ वर्षमा पीडितलाई आवास हस्तान्तरण गर्न सफल भएको हो । संस्थाले पुनर्निर्माण प्राधिकरणले दिएको लिस्टको आधारमा मात्रै आवास निर्माण गरेको संस्थाका सचिब डम्बर बहादुर बस्नेतले बताए ।
संस्थाले सोही गाउँका भूकम्प पीडितहरूलाई २२ महिना सम्म अस्थायी क्याम्प खडा गरी खाने बस्ने तथा औषधि उपचारको व्यवस्था समेत गरेको थियो ।
संस्थाले बनाएको सो घरमा २ कोठा मात्रै रहेकोले सो घरले मात्रै आफूलाई बस्न तथा सामान राख्न नपुग्ने गुनासो छिरिङ दोर्जे शेर्पाको गुनासो छ ।