चौतारा ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाघु जिरी सडक खण्ड को ६ किलो नजिकै दुर्घटना भएको छ।
बसमा सवार रहेका ३५ घाइते भएका छन् जसमा २ जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
अन्य घाइतेहरूको खाडिचौर स्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।
काठमाडौँ ,धुलिखेलमा सञ्चालन हुने बस रिजर्भको यात्रु बोकेर काठमाडौँ जाँदै गरेको थियो ।