चैतारा, कात्तिक ३ ।
देउराली युथ क्लबको आयोजनामा कुविण्डेमा ‘प्रथम कुविण्डे वडाकप’ भलिबल प्रतियोगिता हुने भएको छ ।
विजया दशमी तथा शुभ दिपावलिको अवसर पारेर कात्तिक १६ गतेदेखि प्रथम कुविण्डे वडाकप भलिबल प्रतियोगिता हुन लागेको युथ क्लबका अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिए ।
श्री कालिदेवी माध्यामिक बिद्यालयको प्राङगणमा हुने सो प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार र दोस्रो हुने टिमले ३० हजार रुपैँया पुरस्कार पाउनेछन् ।
सो प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका भित्रका क्लब तथा वडाले मात्र भाग लिन पाउने आयोजक क्लबका सचिव बिशाल तामाङले जानकारी दिए ।
प्रतियोगितामा सहभागि हुने टिमले कात्तिक १२ गते भित्र प्रति टिम २ हजारका दरले टिम दर्ता गराइसक्नुपर्ने निर्णय आयोजक क्लबले गरेको समेत सचिव तामाङले बताए ।
सो प्रतियोगिताको लागि चौतारा साँगाचोकगढी नगरपालिका, ४ नं. वडा कार्यालय, जनहित ग्रमिण सेवा समिति र बज्र निर्माण सेवाले सहयोग गरेको छ ।