चौतारा, कात्तिक ४ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक आएका छन् ।
बिहिबार दिउँसो करिब ४ बजे पत्नी सिता दाहाल सहितको परिवार सुकुटेस्थित भोटेकोशी विच रिसोर्टमा आइपुगेको होटलले जनाएको छ ।
पारिवारीक र राजनितिक रुपमा प्रेसर बढेपछि ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे आउने गरेका उनले होटेल आइपुगेपछि केहीबेर आराम गरेर छोटो समयको लागि ¥याफ्टीङ समेत गरेका छन् ।
यसअघि सिन्धुपाल्चोक आएर सुकुटेको इक्वेडर रिसोर्टमा बस्ने गरेका प्रचण्ड पहिलोपटक भोटेकोशी विच रिसोर्ट,सुकुटेमा बसेका छन् ।