चौतारा, कात्तिक ६ ।
नेकपा (एमाले) सिन्धुपाल्चोकले ९६ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ ।
१ सय ३ वटा वडा रहेको सिन्धुपाल्चोक जिल्लामा शनिबार ७ वडा बाहेकका ९६ वडामा वडा अधिवेशन सम्पन्न भएको नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिए ।
विभिन्न समस्याका कारण ७ वडामा अधिवेशन सम्पन्न हुन नसकेको र छिट्टै ति बाँकी रहेका वडाहरुमा पनी सम्मेलन सक्ने उनले बताए ।
उनका अनुसार सम्पन्न भएका सबै वडा कमिटिले सर्वसहमतिमा नै नयाँ नेतृत्व चयन गरेको छ ।
नेकपा एमालेले आज शनिबार देशभरका वडाहरुमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।