१३ कात्तिक, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ मा विभिन्न पार्टी परित्याग गरी ३५ जना नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
पार्टी वडा कमिटीले शनिवार आयोजना गरेको चियापान कार्यक्रममा नेपाली काङ्ग्रेस, एमाले तथा राप्रपा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।
काङ्ग्रेसको गड मानिने कदमबासमा लामो समय देखी पार्टीमा सक्रिय राजनीति गरिरहेकाहरू माओवादी केन्द्रमा प्रवेश गरेको वडा कमिटीले जानकारी दिएको छ ।
वडाध्यक्ष बिष्णु लामाले वडामा गरेको विकासको प्रभावमा परेर आफ्नो पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको नवप्रवेशी पञ्च बहादुर श्रेष्ठले बताए । आफ्नो पार्टीले हालसम्म कुनै विकासको काम गर्न नसकेको समेत उनको आरोप रहेको छ ।
वडाध्यक्ष लामालाई वडाध्यक्ष भरसकेपछि निकै उत्कृष्ट कार्य गरेको भन्दै पार्टीको वडा कमिटीले सम्मान समेत गरेको छ ।
नवप्रवेशी कार्यबर्ताहरूलाई माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य तथा तथा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले खादा तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरूमा पञ्च बहादुर श्रेष्ठ, अम्बर बहादुर श्रेष्ठ, कुल बहादुर श्रेष्ठ, सुर्य बहादुर श्रेष्ठ, केशबराज गिरी, डम्बर बहादुर मगर, साधुराम पहरी रामकुमार माझी, सन्तोष माझी, भिम बहादुर माझी लगायत रहेका छन् ।