चौतारा, कात्तिक १८ ।
चौतारा साँगाचोकगढी नरगपालिकामा कफी खेती गरिरहेका किसानहरुको लागि २ दिने कफी खेती तथा प्रसोधन सम्बन्धि तालिम प्रदान गरिएकको छ ।
नगरपालिकाको कृषि शाखाले आयोजना गरेको सो तालिममा नगरपालिका भित्रमा २४ जना किसानहरुले सो तालिम लिएका छन् ।
मंगलबार र बुधबार २ दिन संचालन भइएको सो तालिममा सहभागिहरुलाई कफी खेति गर्ने उपाय देखि गाँउघरमा नै प्रशोधन गरी कफकिो प्रयोग गर्ने बिषयमा सिकाइएको थियो ।
सो तालिम निकै नै प्रभावकारी रहेको र नगरपालिकाले प्रशोधन गर्न सक्ने मेशिन समेत सहयोग गर्नुपर्ने प्रशिक्षार्थिहरुको गुनासो रहेको छ ।
बुधबार तालिमको समापन समारोहमा सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नरगपालिका अधिकृत दुर्गा प्रसाद ढुंगेलले यस नगरपालिकामा कफि खेतिको सम्भावना निकै राम्रो रहेकोले व्यवसायीक रुपमा यसलाई अगाडी बढाउन तालिममा सहभागिहरुलाई अनुरोध गरेका छन् । पछिल्लो समयमा बाँदर र बदेलले अन्य बालिमा दुख दिइरहेको अवस्थामा कफी खेति उत्कृष्ट बिकल्पको रुपमा रहेको समेत उनले बताएका छन् ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी दाहालले सानो लगानीमा नै कफी खेति गरी आम्दानीको नियमित स्रोत बनाउन सकिने भएकोले कफी खेतिको लागि नगरपालिकाले थप कार्यक्रमहरु ल्याउने बिश्वास समेत व्यक्त गरेका छन् ।
सो तालिममा सिन्धुपाल्चोक कफि सहकारी संघकी अध्यक्ष मन्जु थापा र शान्ति र विकासको लागि कफी वारिस्ता सिप तथा कृषि फर्मका अध्यक्षले प्रशिक्षण गरेका थिए ।