चौतारा, कात्तिक २७ ।
लामो समय देखी लायन्स क्लबमा आबद्ध रहेर सामाजिक कार्यमा लागिरहेकी लायन्स क्लब अफ काठमाडौँ न्यु स्मार्ट सिटिकी चार्टर प्रेसिडेन्ट लायन संगीता शर्मा अक्टोबर महिना को लायन अफ दि मन्थ घोषित भएकी छिन् ।
आज एक कार्यक्रमका बिच लायन्स क्लब पास्ट इन्टरनेस्नल डाइरेक्टर लायन संजय खेतान र इन्टरनेसनल डाइरेक्टर इन्डोस्ट्री लायन बाल कृष्ण बुर्लाकोटीले संयुक्त रुपमा उनलाई सम्मान गरेका हुन् ।
सम्मान ग्रहण गर्दै शर्माले यो सम्मान बाट अझै सामाजिक कार्य गर्न हौसला प्रधान गरेको बताइन् ।
मदर किड्स फाउन्डेसन का अध्यक्ष समेत रहकी शर्माले यो भन्दा अगाडी पनि धेरै सम्मानहरू पाइसकेकी छिन् । लायन्स क्लबमा आबद्ध भएदेखि उनले थुप्रै विधामा सामाजिक कार्यहरू सम्पन्न गर्नुभएको हो ।
यो वर्ष मात्र सिन्धुपाल्चोक मा २ ओटा नयाँ क्लब पनि खोल्न सफल भएकी शर्माले सम्मानको लगी योग्य ठहर गरेकोमा डिस्ट्रिक्ट गभर्नर लायन केशव पाण्डेलाई धन्यवाद समेत व्यक्त गरेकी छिन् ।