भोटेकोशी, मंसिर १ ।
भोटेकोशी गाँउपालिकामा नेकपा माओवादी केन्द्र आक्रमक बन्दै गएको छ ।
पछिल्लो समयमा पालिका कमिटिले वडा भेला तथा सम्मेलनलाई अभियानको रुपमा शुरु गेरेको हो । पछिल्लो समयमा सम्पन्न भएका वडा अधिवेशनमा अन्य पार्टि परित्याग गरि माओवादीमा प्रवेश गर्नेको लहर बढेको छ ।
आज भोटेकोसी गाँउपालिका वडा न। ३ दुगुनाको वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले निमा सोना शेर्पाको अध्यक्षतामा २९ जनाको कमिटी पारित गरेको थियो सो वडा सम्मेलनमा काङ्ग्रेसका अगुवा कार्यकर्ता तथा समाजसेवी रुद्र बहादुर पौडेलको नेतृत्वमा १५० जनाले नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टि प्रवेश गरेका उनिहरुलाई बागमती प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह – इन्चार्ज सरल सहयात्री पौडेल र भोटेकोशी गाँउपालिका अध्यक्ष राजकुमार पौडेलले संयुक्त रुपमा खादा र अबिर लगाएर स्वागत गरेका छन् ।