चौतारा, मंसिर ४ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोकले ९५ वटा वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको छ ।
१०३ वटा वडाहरु रहेको सिन्धुपाल्चोक जिल्लामा आज मंसिर ४ गते ९५ वटा वडाहरुमा अधिवेशन सम्पन्न भएको जिल्ला अध्यक्ष गोविन्द पराजुलीले जानकारी दिए ।
बाँकी रहेका वडाहरुको अधिवेशन बिबिध कारणले हुन नसकेको र आगामी १० गते भित्र सबै वडाहरुमा अधिवेशन सम्पन्न हुने अध्यक्ष पराजुलीले बताए ।
१८ हजार भन्दा बढी संगठित सदस्य रहेको सिन्धुपाल्चोकमा सम्पन्न सबै वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको समेत उनले जानकारी दिए ।
उत्सवकै रुपमा सम्पन्न भएको वडा अधिवेशनको माहोल २०६४ सालको भन्दा कम नरहेको समेत उनल बताएका छन् ।
उनले आगामी ११ गतेहुने पालिकाको अधिवेशनको सम्पुर्ण तयारी सम्पन भएको समेत उनले जानकारी दिए ।