चौतारा, मंसिर ७ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.४ सिम्पानीका आमाबुवाहरूलाई लायन्स क्लबले न्यानो कपडा सहयोग गरेको छ ।
क्लबले ७० वर्ष नाघेका सो गाउँका ३३ जना आमाबुवाहरूलाई ब्ल्याङकेट र चिसोमा लगाउने टोपि वितरण गरेको हो ।
लायन्स क्लब अफ काठमार्डौ न्यु स्मार्ट सिटीको संयोजनमा आयोजना भएको सो कार्यक्रममा सिन्धुपाल्चोकमा नै रहेको लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटी, सिन्धु चौतारा सिटी लगायत ८ वटा क्लबहरूले संयुक्त रूपमा सहयोग गरेको थियो ।
यस्तै क्लबले आज नै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुबिण्डेमा रहेको श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा अध्ययनरत ४१ जना विद्यार्थीलाई स्कुल ब्याग सहित स्टेसनरी समेत वितरण गरेको लायन्स क्लब अफ काठमाडौँ न्यु स्मार्ट सिटिका अध्यक्ष संगिता शर्माले जानकारी दिइन् ।